पोखरा पहिलोपटक राष्ट्रिय स्नुकर प्रतियोगिता हुने
पाेखरा | साउन २९, २०७९
पोखरामा पहिलो पटक राष्ट्रिय स्तरको खुल्ला स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ ।
डेभिज स्नुकर क्लबले आगामी भदौ १२ देखि १९ गतेसम्म सञ्चालन गर्ने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
आयोजकका अनुसार प्रतियोगितामा विजेता तथा उपविजेताले नगद १ लाख ५१ हजार १ सय ११ र ७१ हजार १ सय ११ र ट्रफी शिल्ड पाउनेछन् । खेलको सेमिफाइनल पुग्ने दुुई जनाले नगद १५ हजार ट्रफी सहित शिल्ड प्राप्त गर्नेछन् भने, सर्वाधिक ब्रेकरले २१ हजार १ सय ११ ट्रफी, शिल्ड पाउनेछन् ।
प्रतियोगिताको अवसरमा कास्की जिल्ला तथा विभिन्न क्षेत्रमा रहि स्नुकर खेललाई स्थापित गराउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिनेछ । गण्डकी प्रदेशको सर्वाधिक पुुरस्कार राशीको यस प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउने आयोजकले लक्ष्य लिएको छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

